नयाँ गठवन्धन बनेकै राती आफुलाई बली चढाउने सहमति भएको रवि लामिछानेको खुलासा
काठमाडौँ– रास्वपाका सभापति रवि लामिछानेले कांग्रेस–एमालेले नयाँ गठवन्धन बनाउने सहमति गरेकै दिन आफुलाई पक्राउ गर्ने र फसाउने सहमति पनि गरेको खुलासा गरेका छन्।
कास्की जिल्ला अदालतले पक्राउ अनुमति दिए लगत्तै उनले सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै यस्तो खुलासा गरेका हुन। भ्रष्टाचारी समाउन आफुले प्रधानमन्त्रीको अफर अस्विकार गरेको तर, केपी ओलीले तस्कर जोगाउन प्रधानमन्त्री बन्ने अफर स्विकार गरेको लामिछानेको आरोप छ।
‘भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याए, तिनै भ्रष्टाचारी जोगाउन तपाईले त्यही अफर रातारात विचौलियालाई साक्षी राखेर लिनुभो। वाचा स्वरुप तपाईंले मेरो बली चडाउने सम्झौता त्यसै रात गर्नु भएको थियो। यो मलाई राम्रो सँग थाहा छ। तपाईको मन्त्रीमण्डल त्यसको साक्षात प्रमाण हो।’ उनले लेखेका छन्।
यस्तो छ लामिछानेको फेसबुक स्ट्याटस
सरकार मर्यो, हामीलाई जुठो पर्यो !!
तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहि हतकडी ? तपाई विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने? तपाई प्रमाणित भ्रष्टाचारी बाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने, मैले ठगीको आरोप खेपी दिनुपर्ने।
तिमीहरु राज्यका भए भरको शक्ति लगाएर अनुसंधान गर्दापनि केही भेट्दैनौ अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चड्नु पर्ने? तिमी र तिम्रा नेता मिलेर सहकारी बाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनु पर्ने?
यति गरेपछी भाटभटिनीको इस्यु मोड्नपनि पाइयो। प्रमाण छ भन्ने युवा नेतालाई पनि भागेर हिड्न परेन। तर म कहिले भागेर हिडिन र हिड्दिन पनि। ओली जी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याए, तिनै भ्रष्टाचारी जोगाउन तपाईले त्यही अफर रातारात विचौलियालाई साक्षी राखेर लिनुभो। वाचा स्वरुप तपाईंले मेरो बली चडाउने सम्झौता त्यसै रात गर्नु भएको थियो। यो मलाई राम्रो सँग थाहा छ। तपाईको मन्त्रीमण्डल त्यसको साक्षात प्रमाण हो। तपाईहरुका दलका नेता /कार्यकर्ता प्रमाणित सहाकारी ठग हुन्। कोहि जेलमा छन् कोहि फरार छन्। तपाईहरु तिनलाई जोगाउन लागिपर्नु भएको छ। अब तपाईहरुबाट पीडितले न्याय पाउदैनन्। त्यसैले अब सहकारी पीडितको आवाजको नेतृत्व हामी गर्छौ।
ठिक छ, म तपाईहरुको दिनगन्ती शुरु भएको खुशियालीमा कानुनलाई पुरै सघाउने प्रतिवद्द्ता ब्यक्त गर्दछु। नयाँ पुस्तालाई एक एक गर्दै सक्काउदै जाने तिमीहरुको कुनियतले तिमीहरुलाई चाडै रसातलमा पु¥याएको यो देशले चाडै देख्ने छ। शुरूवात तिमीहरुले गर्यौ, अन्त्य हामी गर्नेछौ, नेपाली जनताले गर्नेछन्, छिट्टै गर्नेछन्।
अहिलेलाई, सरकार मर्यो हामीलाई जुठो पर्यो। तर मलाई न्यायलय प्रती आशा र न्याय प्रेमी जनता प्रति भरोसा छ। प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नु होला। तपाईको सभापतिले कसैलाई ठगेको छैन।