खोटाङमा चलिरहेको जिपबाट खसेर ८ वर्षीय बालकको मृत्यु

विराटनगर– खोटाङमा चलिरहेको जिपबाट खसेर ८ वर्षीय बालकको मृत्यु भएको छ। जिपबाट खसेर घाइते भएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ८ वर्षीय हेमन्त बस्नेतको मृत्यु भएको हो।

दिक्तेल–खानीडाँडा सडक खण्डको सिद्धेश्वर गुफा नजिक बिहीबार राती ना१ज ५७४३ नम्बरको जिपबा सडकमा खसेर उनी घाइते भएका थिए। खाल्ले जाँदै गर्दा सडकमा खसेका बस्नेतलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेलमा भनाई गरिएको थियो।

त्यहाँ उपचार हुन नसकेपछि काठमाडौं लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका इन्स्पेक्टर मोहन पोखरेलले बताए। काठमाडौं लैजाने क्रममा हलेसी पुग्दा उनको अवस्था गम्भिर भएको थियो। त्यसपछि बालकलाई दुर्छिमस्थित हलेसी तुवाचुङ नगर अस्पतालमा भर्ना गरिएको थियो। सोही क्रममा उनको मृत्यु भएको पोखरेलले जानकारी दिए।

जिप चालक दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका गोविन्द कटवाल (४५) लाई विहिबार राती नै जिपसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट