नेपालले अमेरिकालाई उसकै घरमा १७ रनले हरायो, रोहित र दिपेन्द्रको उत्कृष्ठ प्रदर्शन

काठमाडौँ– नेपालले अमेरिकालाई टी–ट्वेन्टी आई सिरिजको पहिलो खेलमा १७ रनले पराजित गरेको छ। नेपालले अमेरिकालाई उसकै घरमा पराजित गरेको हो।

टेक्ससको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा आज बिहान भएको खेलमा कप्तान रोहित पौडेल र दिपेन्द्रसिंह ऐरीको उत्कृष्ठ प्रदर्शनमा नेपालले जित हाँसिल गरेको छ। १६५ रनको विजयी लक्षसहित खेल सुरु गरेको घरेलु टोली अमेरिकाले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १४७ रन मात्रै बनायो।

अमेरिकाका लागि श्याम जाहंगिरले नटआउट ६० रन र एन्ड्रिज गौरले ३० रन बनाए। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए। त्यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले ४९ रन बनाए ।

दिपेन्द्र सिहं एरीले २८ रन बनाउँदा आसिफ सेख र अनिल शाहले समान २७–२७ रन बनाए। गुल्शन झाले ११, कुशल भर्तेल १० र सोमपाल कामी २ रनमा आउट भए।

दोस्रो खेल आइतबार बिहान र तेस्रो तथा अन्तिम टी–ट्वेन्टी आई सोमबार बिहान हुनेछ। यो सिरिजपछि नेपाल, अमेरिका र स्कटल्यान्डबीच लिग–टू का खेल हुनेछन्। लिग–टू सिरिज २५ अक्टोबरदेखि डालास मै सुरु हुनेछ।

रोहित पौडेलको टोली क्यानडामा लिग टू र टी–ट्वेन्टी आई सिरिज खेलेर त्यहीँबाट अमेरिका गएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट