म्याजिकको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक पक्राउ

दमक — झापामा म्याजिक भेनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। बिर्तामोड नगरपालिका–३ बिर्ताबजारस्थित बिर्तामोड–भद्रपुर सडकखण्डमा म्याजिकको ठक्करबाट भारतीय नागरिक आसारुलाल पानवारी (६५) को मृत्यु भएको हो।

बनियानीबाट बिर्ताबजारतर्फ आउँदै गरेको मे १ च ५९३० नम्बरको गाडीले भारत बहादुरगञ्ज घर भई हाल बिर्तामोड–३ शैनिकमोडमा डेरा गरेर बस्ने पानवारीलाई बिहीबार ठक्कर दिएको थियो।

उनलाई उपचारका लागि बिर्तामोडमा अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। म्याजिक चालक कन्काई नगरपालिका–८ का मानबहादुर भुजेल (४६) लाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट