किन गरिँदैछ ३ वर्षसम्म कैद तोकिएका अभियुक्तले जेल वाहिरै वसेर मुद्दा लड्न पाउने ब्यवस्था ?

काठमाडौंँ– कारागार व्यवस्थापन विभागले जघन्य अपराध गरेकाबाहेक ३ वर्षसम्म कैद तोकिएका अभियुक्तालाई जेल बाहिरै बसेर मुद्दा लड्न पाउने ब्यवस्था गर्न सुझाव दिएको छ। प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिले कारगार र कैदीका विषयमा छलफल चलाइरहेका वेला विभागले यस्तो सुझाव दिएको हो।

समितिको गत २ भदौको बैठकमा विभागका प्रतिनिधिले कारागारमा कैदीहरुको चाप घटाउन यस्तो सुझाव दिएका हुन। गृहमन्त्री रमेश लेखकसमेत उपस्थित रहेको वैठकमा उनीह्ररुले क्षमताभन्दा दोब्बर कैदी÷बन्दी कारागारमा भएपछि उपाय सोच्नु र खोज्नुपर्ने बेला आएको उल्लेख गरेका थिए।

वैठकमा विभागका प्रतिनिधिले कैदीको संख्या धान्न नसक्ने अवस्था रहेको विवरण प्रस्तुत गरेको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए। गृह तथा विभागको सुझाव सुनाउँदै सभापति खतिवडाले ‘कैदीको संख्या बढी भयो, धान्न कठिन भयो। विदेशी कैदीहरू पनि छन्। यहाँ राख्न गाह्रो भयो भन्दै कुरा आएको छ’ भन्दै सुनाएका थिए।

जघन्य अपराध गरेकाबाहेक तीन वर्षसम्म कैद सजाय तोकिएकालाई धरौटीमा बाहिरै रहेर मुद्दा लड्न पाउनुपर्ने व्यवस्थाबारे सोच्न विभागले सुझाएको छ। त्यस विषयमा छलफल भए पनि निचोडमा नपुगिएको सभापति खतिवडाले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट