वीरगन्जमा अस्पताल पुगेका विरामीको पेटमा शिशाको बोतल फेला परेपछि…

जनकपुर– पर्साको विरगन्ज महानगरपालिका स्थित वीरगन्ज हेल्थकेयर हस्पिटलमा भर्ना भएका एक युवकको पेटबाट सीसाको बोतल निकालिएको छ। वीरगन्ज–१८, भवानीपुरका ४० वर्षीय शिवनारायण साहको पेटबाट सीसाको बोतल निकालिएको हो।

पेट दुख्ने समस्या लिएर उनी गत १३ असोजको विहान अस्पताल पुगेका थिए। पेटको एक्स–रे गर्दा सीसाको बोतल देखिएपछि स्वास्थ्यकर्मी नै आश्चर्यमा परे। त्यसपछि उनको पेटको शल्यक्रिया गरी बोतल निकालिएको अस्पतालले जनाएको छ।

करीब २ साता अस्पताल वसेपछि उनलाई मंगलबार डिस्चार्ज गरिएको छ। उनी घर फर्किएका छन्। पेटमा सीसाको बोतल कसरी पस्यो भन्ने विषयमा आफुलाई कुनै जानकारी नभएको शिवनारायणको भनाई छ।

१३ असोजको साँझ करिव ९ वजे होस आउँदा पेटमा पीडा भएको र सोधखोज गर्दा चिकित्सकले पेटबाट निकालेको भन्दै शिशाको बोतल देखाएको उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट