१२ वर्षीया बालिकालाई २ दिनसम्म होटलमा बन्धक बनाएर सामुहिक बलात्कार, ५ जना पक्राउ

काठमाडौँ– बाँकेको कोहलपुरस्थित एक होटलमा एक नाबालिकालाई २ दिनसम्म बन्धक बनाई ५ जनाले लगातार बलात्कार गरेको घट्ना सार्वजनिक भएको छ।

२७ र २८ असोजमा भएको यो घटनामा संलग्न भएको आरोपमा प्रहरीले पाँचै जनालाई पक्राउ गरी २ दिनपछि घटना सार्वजनिक गरेको छ। पक्राउ पर्ने बाँकेको बैजनाथ गाउँपालिकााका–१ का २४ वर्षीय डम्बरबहादुर रोकाया, १९ वर्षीय निशान रोकाया, विजय कार्की, बैजनाथ गाउँपालिका–१ कै गाभरका निर्मल थापा र करेलीका जीवन रोकाया छन्।

प्रहरीका अनुसार ५ जनाको समुहले २७ असोजमा १२ वर्षीया बालिकालाई फकाएर कोहलपुरको न्युरोडस्थित यात्री होटलमा पु¥याएका थिए। त्यहाँ पु¥याएपछि दुई दिनसम्म होटलमै बन्धक बनाएर बलात्कार गरेको खुलेको छ।

प्रहरीले दिएको जानकारी अनुसार पहिलो दिन २ जना र भोलिपल्ट ३ जना होटलमा पुगेर बलात्कारमा संलग्न भएको खुलेको छ। इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी धर्मराज भण्डारीका अनुसार घटनापछि उनीहरु फरार भएका थिए।

प्रहरीले बैजनाथ गाउँपालिकाको विभिन्न ठाउँबाट सर्च गरी उनीहरुलाई पक्राउ गरेको हो। पीडित नाबालिकाको स्वास्थ्य परीक्षण गरी परिवारको जिम्मा लगाइएको डीएसपी भण्डारीले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट