सलमान खानलाई मार्ने योजना बनाईरहेका लरेन्स विश्नोई समुहका शार्प शूटर पक्राउ

काठमाडौँ– भारतीय अभिनेता सलमान खानको बान्द्रास्थित बंगलाको रेकी गरी उनीमाथि हमलाको योजना बनाएको आरोपमा हरियाणा र मुम्बई प्रहरीको संयुक्त टोलीले लरेन्स विश्नोई समुहका शार्प शूटर सुखा कलुयालाई पक्राउ गरेको छ।

मुम्बईको पनवेल सिटी पुलिस र हरियाणा प्रहरीले उनलाई पानीपतस्थित होटलबाट पक्राउ गरेको हो। भारतीय सञ्चार माध्यमहरूका अनुसार कानुनी औपचारिकता पूरा गरेपछि हरियाणा प्रहरीले सुखालाई मुम्बई पुलिसको जिम्मा लगाएको छ।

मुम्बई पुलिसले बाबा सिद्दीकी हत्या प्रकरणमा अनुसन्धान गरिरहेको बेला उनको गिरफ्तारी भएको हो। हालसालै (फेब्रुअरीमा) कांग्रेस पार्टी छोडेका २८ वर्षीय नेता सिद्धीकीको शनिवार राती मुम्बईको बान्द्रा इष्ट भन्ने ठाउँमा गोली हानेर हत्या भएको हो। उनी कांग्रेस छाडेर अजित पवार गुट (एनसीपी)मा प्रवेश गरेका थिए।

छातीमा गोली लागेर गम्भिर घाइते भएका उनलाई लिलावती अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा अस्पतालमै उनको मृत्यु भएको हो। यसै वर्ष १४ अप्रिलमा बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली हानाहान भएको थियो। जसको जिम्मेवारी लरेन्स विश्नोई गिरोहले लिएको थियो। नेता सिद्दीकीको हत्यापछि सलमान खानको सुरक्षा ब्यवस्था थप कडा बनाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट