मन पराएकी कान्छि श्रीमतीसँग पनि कुरा नमिलेपछि हत्या, ५० वर्षको उमेरमा हिरासतको बास

काठमाडौँ– घरमा श्रीमती हुँदाहुँदै मन पराएर ल्याएकी कान्छी श्रीमतीसँग पनि कुरा नमिलेपछि हत्या गरेको आरोपमा रुपन्देहीका एक ब्यक्ति पक्राउ परेका छन्।

देवदह नगरपालिका–९, भलुहीका दशरथ चौधरी (५०) लाई प्रहरीले मंगलबार बेलुका पक्राउ गरेको हो। उनीमाथि कान्छी श्रीमती सुनिता भट्टराई चौधरी (४०) को हत्या गरेको अभियोग छ।

दशरथले सुनितालाई चक्कु प्रहार गरेको र सोही चोटका कारण उनको मृत्यु भएको प्रहरीले जनाएको छ। चक्कु प्रहारबाट गम्भीर घाइते भएकी सुनितालाई उपचारका लागि भलुहीस्थित देवदह मेडिकल कलेजमा भर्ना गरिएको थियो।

उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। घट्नाको जानकारी पाएपछि इप्रका बुटबल र अस्थायी प्रहरी पोष्ट भलुहीबाट खटिएको प्रहरीले चौधरीलाई पक्राउ गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट