विराटनगरमा होटल सञ्चालकमाथि खुकुरी प्रहार गरेर भागेका २ जना धरानबाट पक्राउ

विराटनगर– विराटनगरको भूमी प्रशासन चोकस्थित मुन होटल तथा गीत गजलका सञ्चालकमाथि मंगलबार साँझ खुकुरी प्रहार गरी फरार भएका २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

होटल सञ्चालक दिलिपकुमार भगतलाई खुकुरी प्रहार गरेको आरोपमा विराटनगर उपमहानगरपालिका–१० का सावन दास (४५) र विराटनगर–१२ का अभय भनिने विनोदकुमार राय कामत (४२)लाई प्रहरीले धरानबाट पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनाले घटना हुनासाथ भारततर्फ भाग्ने योजना बनाए प्रहरीको घेरावन्दीका कारण धरान पुगेका थिए। प्रारम्भिक अनुसन्धानबाट उनीहरु धरान पुगेको खुलेपछि त्यहीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर हेमराज ओलीले वताए।

खुकरी प्रहार गरेको आरोपमा दास र कामतसहित ४ जनाविरुद्ध प्रहरीमा जाहेरी परेको छ। अन्य २ जनाको पनि खोजी भइरहेको इन्स्पेक्टर ओलीको भनाई छ। खुकुरी प्रहारबाट भगतको देब्रे हात र नाकको डाँडीमा चोट लागेको छ। कोशी अस्पतालमा उपचार गराएका भगतको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट