अपराधिक समुहसँग मिलेर कमाउ धन्दामा लागेकी इन्स्पेक्टर शाहीविरुद्ध जारी भयो पक्राउ पूर्जी

काठमाडौँ– अख्तियारको दुरुपयोग गरी अपराधिक समुहसँग मिलेर गैरकानुनी रुपमा पैसा कमाउने धन्दामा लागेकी तत्कालिन भैंसेपाटी प्रहरी प्रभागकी प्रमुख एवं निलम्बित इन्स्पेक्टर बिनुकुमारी शाहीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।

ललितपुरको प्रहरी प्रभाग भैसेपार्टीमा रहँदा हनी ट्रयापमा पारेर पैसा असुल गरेको घटनामा उनको समेत संलग्नता देखिएपछि प्रहरीले ललितपुर जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको हो।

जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले शाहरीविरूद्ध पक्राउ पुर्जी जारी भएको पुष्टि गरेका छन्। उनी समेतको मिलेमतोमा एक जना व्यवसायीलाई बलात्कारको मुद्दामा फसाउने भन्दै ३० लाख रुपैयाँ लेनदेन भएको खुलेपछि परिसरले समिति बनाएर छानेविन गरेको थियो।

डिएसपी नरहरि अधिकारीको नेतृत्वमा गठित समितिको सिफारिस अनुसार उनलाई निलम्बन गरिएको हो। छानबिन समितिले उक्त घट्नामा शाहीको संलग्नता देखिएको भन्दै मुद्दा नै चलाउन राय दिएको थियो। राय अनुसार नै प्रहरी परिसरले अनुसन्धान अघि बढाएको देखिएको छ।

यो घटनामा अहिलेसम्म प्रहरीले चार जनालाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा सुष्मा विक, ताज मुल इस्लाम, भिमादेवी थापा र प्रहरी सहायक हवल्दार महेन्द्र हमाल छन्। प्रहरीले उनीहरूमाथि आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट