सिरहामा दुर्गामेला हेर्न गएका युवकको हत्या गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ

लहान– सिरहाको गाोलबजार नगरपालिका–१३, दुर्गापुरका कृष्णकुमार महरा (२०) को हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। कृष्णकुमारको शव सोमबार सुखीपुर नगरपालिका–१० ललसैया दुर्गा मन्दिरदेखि पूर्व गागन खोला बगरमा भेटीएको थियो।

टाउको बालुवाले पुरीएको अवस्थामा मृत फेला परेका कृष्णको हत्या भएको आशंकामा प्रहरीले सुखिपुर–७ का सिकिन्दर मुखिया (१९) लाई पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानमा कृष्ण र सिकिन्दरबिच विवाद रहेको सूचनाका आधारमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी बीरेन्द्रकुमार पासवानले जानकारी दिए।

प्रहरी स्रोतको अनुसार कृष्णको घाँटीमा धारीलो हतियारले रोपेको डोव देखिएको छ। घट्नास्थलमको प्रकृती र शवको अवस्था हेर्दा हत्या जस्तो देखिएको जनाइएको छ। शव पोष्टमार्टमको रिपोर्टपछि थप कारवाही अगाडि बढ्ने डीएसपी पासवानले बताए।

२७ असोजको साँझ दुर्गा मेला हेर्न गएका उनी त्यसपछि हराईरहेका थिए। स्थानीयका अनुसार सोही साँझ सिकिन्दरले लखेटेर कृष्णलाई कुटपीट गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट