यस्तो छ प्रधानमन्त्री ओलीको ३ करोडको घडी र ४५ लाखको चस्माको बास्ताविक्ता

काठमाडौँ– दुई वर्षअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उपचारमा निजी सम्पत्ति बेचेर खर्च गर्न नसकिने बताएका थिए। भक्तपुरको बालकोटस्थित दुई वटा घरदेखि सबै श्रीसम्पत्ति श्रीमती राधिका शाक्यका नाममा रहेको र आफूहरूको शेषपछि ती अचल सम्पत्ति राज्यको नाममा हुने लिखत गरिसकेको पनि बताएका थिए।

त्यसैले सम्पत्ति बेचेर उपचार गर्नसक्ने अवस्थामा आफू नरहेको भनी पार्टी निकट युवा संघको कार्यक्रममा उल्लेख गरेका थिए। उनले त्यसबेला भनेका थिए– ‘म भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्नँ। मुलुकप्रति मेरो समर्पणका कारण आफ्नो र श्रीमतीको नाममा रहेको सबै सम्पत्ति शेषपछि हुनेगरी राज्यलाई बुझाइसकेको छु। हाम्रो नामको घर जग्गामा हामी बाँचुञ्जेल बस्न भने सक्छौं। तर, मेरो उपचारको लागि ती घरजग्गा बेच्न सक्दैनौं। त्यसैले पैसा नभएकाले तपाईंहरूले सहयोग गर्नुपर्ने हुन्छ। म यो मुलुकको प्रतिबद्ध नागरिक भएकाले राज्यलाई दिइसकेको घर सम्पत्ति बेचेर उपचार गर्न सक्दिन र चाहन्न पनि।’

चौथो पटक प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले गत असारमा सम्पत्ति विवरण बुझाइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेवसाइटमा उल्लेख छ। ती सम्पत्ति के के हुन् भन्नेबारे चाहिँ फ्ल्यास आउट गरिएको छैन। उपचारको लागि कौडीको सम्पत्ति नभएको र पर्दा अरुले सहयोग गर्नुपर्ने धारणा राख्ने एमाले अध्यक्षको बायाँ हातको नाडीमा भने अचेल विदेश जाँदा मात्रै होइन पार्टीका कार्यक्रममा सहभागी हुँदा पनि निकै आकर्षक घडी देखिन्छ। चश्माको फ्रेमसमेत उत्तिकै चम्किलो र आकर्षक छ।

सोधखोजबाट प्रधानमन्त्री तथा ‘सर्वहारा’ अध्यक्षको नाडीमा बाँधिएको घडीको मूल्य अमेरिकी डलर २ लाख १५ हजार डलर रहेको बुझिन्छ। पातेक फिलिप नौटिलस (मुन फेज) ब्राण्डको उक्त स्वीस घडीको मूल्य सरदर नेपाली २ करोड ८८ लाख ९१ हजार ७ सय रुपैयाँ हुन आउँछ। उक्त कम्पनीको साहु फिलिप स्टर्नका पूर्व छोरी ज्वाइँ नक्साल गहनापोखरी निवासी विक्रम श्रेष्ठका अनुसार प्रधानमन्त्रीले बाँधेको जेनेभा घडीको सिरिज ५१६०–५०० आर–००१ हो। हातैले कारिगरी गरेर बनाइने ग्राण्ड कम्प्लिकेसन्स सिल्भरीको ओपलाइन डायल ब्राउन लेदर स्ट्रिप घडीको मूल्य झण्डै तीन करोड पर्न आउँछ। र, यसको बार्षिक उत्पादन एकदमै थोरै हुने गर्छ। यो घडीको रोयल्टीबापत सन् २०१२ मा विक्रमले एक अर्ब रुपैयाँ बुझेका थिए।

त्यस्तै, उनले लगाउने चश्माको फ्रेम ह्वाइट गोल्डबाट बनेको बताइन्छ। सेतो सुन भनिने महँगो धातुको उक्त फ्रेमको मूल्य ३० हजार युरो (करिव ४४ लाख) पर्न आउँछ। तर, उनले अरुलाई उपदेश दिँदा भने सँधै सादगी जीवनको उदाहरण दिने गरेको सुनिन्छ।

उनलाई विभिन्न मुलुकका विश्वविद्यालयले प्रदान गरेका मानार्थ डक्टरेटको उपाधि र प्रमाणपत्रमा समेत कैफियत भएको तथ्य यसअघि नै सार्वजनिक भइसकेको विषय हो। पार्टीभित्र पछिल्लो समय वामपन्थी राजनीतिको मूल्य र मान्यता नै थाहा नपाएका तर नखरा पार्न खप्पिस एकाध महिला कमरेडहरू उनीसँग नजिक हुनु र अध्यक्षले त्यस्ता कमरेडलाई छानीछानी ‘रातारात’ प्रमोट गर्नुलाई पनि संयोगको रुपमा लिनुपर्ने किनारा लगाउन थालिएका पुराना नेताहरू बताउँछन्।

मङ्गलवार सिंहदरबार दक्षिण गेट सामुन्ने नक्सा नै पास नगरी मेडिकल माफिया विशाल पण्डितले बनाएको बसेरा होटलमा डाकिएको एमाले सचिवालय बैठकलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्षले हालैको आफ्नो अमेरिका भ्रमणबारे जानकारी गराए। न्युयोर्कमा नेपाली समुदायसँग राखिएको छलफल शुरु हुनुअगावै कालोझण्डा देखाइएको भन्ने खबर र चर्चालाई उनले वास्तविकता त्यो होइन भने। प्रधानमन्त्रीको भनाई थियो, ‘त्यहाँ कसैले कालोझण्डा देखाएको पनि हैन। बेकारमा यता हल्ला मात्र गरिएछ।’ सचिवालय र संसदीय दलको बैठकपछि उनी पार्टी मुख्यालयमा बाढीले पु¥र्याएको क्षति अवलोकन गर्न च्यासल पुगेका थिए।
यो सामग्री जनआस्थाबाट साभार गरिएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट