गुजरातमा पर्खाल भत्किँदा ६ जनाको मृत्यु, अझै तीन जना पुरिएको आशंका

काठमाडौँ– भारतको गुजरात राज्यमा शनिबार एउटा निजी कम्पनीको निर्माणस्थलमा पर्खाल भत्किँदा ६ जनाको मृत्यु भएको छ। मृत्यु हुने सवै कामदार हुन। पर्खाल भत्किएर ३ जना फसेको आशङ्का छ।

सरकारी अधिकारीले अहिलेसम्म ६ जनाको शव निकालिएको जानकारी दिएका छन्। एक जना १९ वर्षीय बालकको जीवितै उद्धार गरिएको बीबीसीले जनाएको छ। मेहसाना जिल्ला स्थित काडी सहरको जसलपुर गाउँ नजिकै रहेको यो भवनको पर्खाले दिउँसो करिव पौने १ बजे भत्किएको हो।

घट्नास्थल गुजरातको राजधानी गान्धीनगरबाट ४० किलोमिटर उत्तरपश्चिममा पर्ट। सरकारी अधिकारीका अनुसार निर्माणस्थलमा माटो खसेको कारण पर्खाल भत्किएको हो। मजदुरहरूले उक्त स्थानमा भूमिगत ट्याङ्कीका लागि खाल्डो खनेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट