कांग्रेस पार्टी छोडेका भारतीय नेताको गोली हानी हत्या, २ जना पक्राउ

काठमाडौंँ– भारतमा हालसालै कांग्रेस पार्टी छोडेका एकजना नेताको गोली हानेर हत्या भएको छ।

कांग्रेस छाडेर अजित पवार गुट (एनसीपी)मा प्रवेश गरेका ४८ वर्षीय बाबा सिद्धिकीको गोली हानेर हत्या भएको हो। शनिबार राति मुम्बईको बान्द्रा इस्ट भन्ने स्थानमा उनीमाथि गोली प्रहार भएको हो।

छातीमा गोली लागेर गम्भिर घाइते भएका उनलाई लिलावती अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा अस्पतालमै उनको मृत्यु भएको हो।

उनको हत्याको आशंकामा भारतीय प्रहरीले २ जनालाई पक्राउ गरेको छ। उनी फेब्रुअरीमा कांग्रेस छाडेर एनसीपीमा प्रवेश गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट