प्लाष्टिकको बोराभित्र भेटियो बालिकाको शव, बलात्कारपछि हत्या गरेको आशंका, एक जना पक्राउ

काठमाडौँ– डडेलधुराको अमरगढी नगरपालिकाकी एक बालिकाको शव बोराभित्र पोको पारेर फ्यालेको अवस्थामा फेला परेको छ। अमरगढी नगरपालिका–७, पोखरा बजारमा १४ वर्षीया आरती भट्टराईको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय डडेलधुराका इन्स्पेक्टर उपेन्द्र बमका अनुसार स्थानीवासी आरतीको शव गएराति ९ बजेपछि फ्यालेको अनुमान छ। शव प्लास्टिकको बोरामा फेला परेको छ। बालिकाको बलात्कारपछि हत्या भएको आशंका आफन्तले गरेका छन् ।

बालिकाको शव फेला परेको जानकारी प्रहरीलाई स्थानीयले दिएका थिए। डीएसपी सुगन्ध श्रेष्ठको टोली पुग्दा घटनास्थल नजिकै अमरगढी–७ पोखराकै ५८ वर्षीय टेक भण्डारीको म. १ प १४५४ नम्बरको मोटरसाइकल फेला परेको थियो।

नालामा फालेको अवस्थमा मोटरसाईकल फेला परेपछि प्रहरीले भण्डारीलाई पक्राउ गरेको छ। बालिकाको शव पोस्टमर्टमका लागि डडेलधुरा अस्पताल पठाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट