रतन टाटाको विरासत सौतेनी भाईको हातमाः नोयल बने ३४ लाख करोड भारतीय रुपैयाँको मालिक

काठमाडौँ– भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन भएपछि उनको नाममा रहेको खर्बौ रुपैयाँको विरासत सौतेनी भाईको हातमा पुगेको छ। रतन टाटा अविवाहित भएका कारण उनका सन्तान छैनन्। त्यसैले टाटा समूहको खर्बौं रुपैयाँको विरासत अब रतनका सौतेनी भाइ नोयलले सम्हाल्ने भएका छन्।

टाटा समूहलाई यहाँसम्म ल्याउने प्रमुख पात्र भने रतनका हजुरबा जमसेदजी टाटा हुन। जमसेदजीले १८७० मा नै टाटा कम्पनी सुरु गरेका थिए। जमसेदजी नुसीरवानजी टाटा र कावसजीका छोरा हुन। जमसेदजीले टेक्सटाइल, ऊर्जा, विज्ञान, स्टिल र हस्पिटालिटी क्षेत्रमा लगानी गरेका थिए। जमसेदजीको विवाह हिराबाइ डाबुसँग भएको थियो। उनका तीन सन्तान थिए। उनीहरु दोराबजी टाटा, धुनबाई टाटा र रतनजी टाटा थिए।

सर दोराबजी टाटा जमसेदजी टाटाका सबैभन्दा ठूलो छोरा हुन। सरदोराबजी टाटाले आफ्ना भाइ सर रतनजी टाटासँग मिलेर टाटा ट्रस्ट र टाटा स्टिल खोलेका थिए। उनको विवाह १८९८ को फेब्रुअरीमा लेडी मेहरबाइ टाटासँग भएको थियो। सर दोराबजी टाटा ब्रिटिस इन्डियामा औद्योगिक योगदान गरेवापत १९१० मा नाइट उपाधिबाट सम्मानित भएका थिए।

१९२० मा सर दोराबजी टाटाले आफ्नो खर्चमा भारतीय खेलाडीहरुलाई ओलम्पिकमा पठाएका थिए। लेडी मेहरबाइ टाटा सर दोराबजीकी पत्नी थिइन्। टाटा कम्पनी संकटमा गुज्रिरहेका बेला उनले आफ्नो हिराको गहना धरौटी राखेर कम्पनीलाई बचाएकी थिइन्। रतन टाटाका हजुरबाको नाम सर रतनजी टाटा थियो। उनी जमसेदजी टाटाका माइलो छोरा थिए। उनले दुई विवाह गरे। उनको पहिलो विवाह लेडी नवाजबाइसँग भएको थियो। सर रतनजी टाटा १९२८ देखि १९३२ को बीचमा टाटा ग्रुपको चेयरम्यान थिए। सर रतनजी र नवाजबाइको कुनै सन्तान थिएनन्।

उनीहरुले नवल टाटालाई धर्मपुत्रको रुपमा एडप्ट गरे। उनै नवल टाटाका छोरा रतन टाटा हुन। सर रतन जी टाटाको दोस्रो विवाह एक फ्रेन्च महिला सुजेन ब्रियरसँग भएको थियो। उनको दोस्रो विवाहबाट एक छोरा जन्मिए। जसको नामजहांगीर रतनजी दादाभाइ टाटा थियो। जो जेआरडी टाटाको नामबाट प्रख्यात थिए।

लेडी नवाजबाइ टाटा सर रतनकी पहिलो पत्नी र रतन टाटाकी हजुरआमा थिइन्। १९२५ मा उनी टाटा सन्स बोर्डको पहिलो महिला निर्देशक बनेकी थिइन्। नवल टाटा सर रतन जी टाटा र लेडी नवाजबाइका धर्मपुत्र थिए भने रतन टाटाका बाबु थिए। नवलले पनि दुई विवाह गरे। उनकी पहिलो पत्नीको सुनी टाटा र दोस्रो पत्नी स्विस महिला सिमोन दुनोयर हुन।

नवल टाटा र सुनीका दुई छोरा थिए। जसको नाम रतन र जम्मी थियो। रतन टाटाको पूरा नाम रतन नवल टाटा हो। उनको जन्म डिसेम्बर १९३७ मा भएको थियो। आमाबाबुबीच सम्बन्ध विच्छेद हुँदा रतन केलव १० वर्षको थिए। त्यसपछि रतन १८ वर्षको हुँदा उनका पिताले एक स्विस महिला सिमोन दुनोयरसँग विवाह गरेका हुन। रतनकी आमाले पनि सम्बन्ध विच्छेदपछि अर्को विवाह गरिन्।

रतनलाई उनकी हजुरआमा लेडी नवाजबाइ टाटाले पालनपोषण गरिन्। १९६२ मा रतन टाटाले जमसेदपुरमा टाटा स्टिलमा काम गर्न सुरु गरेका थिए। पछि रतन टाटा प्रख्यात उद्योगपति भए।

दोस्रो पत्नी सिमोनका एक छोरा छन्। उनको नाम नोएल टाटा हो। १९३० मा नवल टाटा ग्रुपमा सामेल भएका थिए। रतन टाटाको पनि रेखदेख गरिराखेका उनै नोयलले अव टाटा ग्रुपको विरासत सम्हाल्ने छन्। लगभग ३४ लाख करोड भारतीय रुपैयाँको टाटा समूहको नेतृत्व अव नोयलले गर्दैछन्।

त्यसो त टाटा समूहमा नोयलको मात्रै ६६ दशमलव ४ प्रतिशत हिस्सेदारी छ। रतनको बुधबार राति मुम्बइमा निधन भएपछि शुक्रबार बसेको बोर्ड बैठकले नयाँ अध्यक्षको रुपमा ६७ वर्षीय नोयललाई चयन गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट