वर्षभर दुःख गरेर परिवारसँगै दशैं मनाउन हिडेकी भावनाको बाटैमा मृत्यु

काठमाडौँ– वर्षदिन दुःख गरेर दशैं मनाउँन केही दिनका लागि घर हिडेकी डोटीकी एक महिलाको घर पुग्न नपाउँदै बाटैमा मृत्यु भएको छ। कैलालीको चौमालाबाट डोटीको जोरायल गाउँपालिका–४ थलीस्थित घर हिडकेी ३७ बर्सिया भावना पुन मगरको भीरबाट लडेर मृत्यु भएको हो।

चौमालामा व्यापार गर्दै आएकी भावना श्रीमान् प्रेमबहादुर पुन मगर र छोराछोरीसँगै दशैं मनाउन शुक्रबार घर हिँडेकी थिइन्। जोरायल गाउँपालिका–४ को गणेशाल भन्ने ठाउँभन्दा पुगेपछि भीरबाट खसेर उनको मृत्यु भएको हो।

करिब ५ सय मिटरको उकालो चढ्ने क्रममा लडेर करिब ५० मिटर तल कच्ची सडकमा खसेकी भावनाको घटनास्थलमै मृत्यु भएको उनका भाइ सबिन पुनले जानकारी दिए। उनको घाँटी र अनुहारमा चोट लागेको थियो।

सो भीरबाट यसअघि ४ असोजमा जोरायल गाउँपालिका–४ कै ३४ वर्षीया रोहित बोहराको पनि मृत्यु भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट