झापामा दुई मोटरसाईकल ठोक्किँदा १ युवकको मृत्यु, २ जना गम्भिर घाईते

दमक– झापामा विहिबार राती करिब १० बजे दुई वटा मोटरसाईकल ठोक्किएर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने २ जना गम्भिर घाईते भएका छन्।

चाराआली–चन्द्रगढी सडक खण्ड अन्तर्गत भद्रपुर नगरपालिका–१०, हनुमान चोकमा प्रदेश १–०१–१४ प ९९३ को २२० सीसीको पल्सर र मे ८ प २८३७ को यूनिकन मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा पल्सर मोटरसाईकलका चालक भद्रपुर–१०, केन्द्रमोडका २३ बर्षीय आलोक भण्डारी गम्भिर घाईते भएका थिए। उनलाई उपचारका लागि ओमसाई पाथिभरा अस्पताल पु¥याउनसाथ मृत्यु भएको हो।

सोही मोटरसाईकलको पछाडि वसेका स्थानीय २४ वर्षीय बिपान्सु राउतको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ। उनको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ।

मे. ८ प २८३५ नम्बरको मोटरसाइकलका चालक २५ वर्षीय सञ्जीव गिरी पनि घाईते छन्। उनको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट