आफैंले घाँटी रेटेर छट्पटाईरहेको अवस्थामा फेला परेकी निलुको मृत्यु

इटहरी– सुनसरीको इटहरीमा एक महिलाले आफैं घाँटी रेटेर आत्महत्या गरेकी छिन्।

इटहरी उपमहानगरपालिका–५ की ३९ वर्षीया निलु रसाइली (रायमाझी)ले आफैं घाँटी रेटेर आत्महत्या गरेको प्रहरीले जनाएको छ।

मंगलबार साँझ करिव ६ बजे उनी आफ्नै कोठामा चक्कुले घाँटी रेटिएको र छट्पटाईरहेको अवस्थामा फेला परेकी थिइन्। छोरीले आमालाई छट्पटाईरहेको अवस्थामा देखेपछि तत्कालै उपचारका लागि विराटनगरस्थित विराट टिचिङ हस्पिटल लगिएको थियो।

तर अस्पताल पुर्याउनासाथ उनलाई डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार निलुले घाँटी रेटेर आत्महत्या गर्नुको कारण खुलिसकेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट