पाकिस्तानको कराँची विमानस्थल नजिकै विस्फोटमा २ चिनियाँसहित ३ जनाको मृत्यु

काठमाडौँ– पाकिस्तानको कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको विस्फोटमा कम्तीमा २ चिनियाँ नागरिकसहित ३ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।

पाकिस्तानस्थित चिनियाँ दूतावासले आफ्ना दुई नागरिकको ज्यान गएको र १ जना गम्भीर घाइते भएको जनाएको छ। पाकिस्तानी सञ्चारमाध्यम जियो न्यूजले तीन जनाको मृत्यु भएको उल्लेख गरेको छ। कुन देशका नागरिक हुन भन्ने खुलाएको छैन्।

विस्फोट कसरी भयो भन्ने पनि खुलेको छैन। विस्फोट आसपासका क्षेत्रमा समेत सुनिएको बताइएको छ। घाइतेलाई जिन्नाह अस्पतालमा भर्ना गरिएको छ। सिंध प्रान्तका गृहमन्त्री जीया उल हसनले उक्त विस्फोट विदेशी नागरिक लक्षित भएको बताएका छन्।

बीएलएले चिनियाँ नागरिक लक्षित आक्रमण गरेको जनाएको छ। पृथकतावादी उग्रवादी समूह बलोच लिबरेशन आर्मी–बीएलएले इन्जिनियरहरूसहित चिनियाँ नागरिकहरूलाई लक्षित गरी विस्फोट गराएको इमेलमार्फत् पत्रकारहरूलाई जानकारी गराइएको छ।

बीएलएले पाकिस्तानको दक्षिणपश्चिममा रहेको अफगानिस्तान र इरानसँग सीमा जोडिएको बलुचिस्तान प्रान्तको स्वतन्त्रताका लागि लडिरहेको छ। गत अगस्टदेखि बीएलएले प्रान्तमा आक्रमणहरू शुरू गरेको थियो। जसमा अहिलेसम्म ७० भन्दा बढीको मृत्यु भइसकेको छ।

अरब सागरमा रहेको ग्वादरको रणनीतिक बन्दरगाहलाई बेइजिङले इस्लामाबादलाई प्रान्तको शोषण गर्न मद्दत गरेको आरोपमा बीएलएले चिनियाँलक्षित आक्रमण गरेको गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट