चितवनमा रवि लामिछाने सहभागी कार्यक्रममा ढुंगा हानाहान, एमाले–कांग्रेसमाथि आरोप

भरतपुर– चितवनको नारायणगढस्थित नारायाणी कलामन्दिरमा आयोजित रास्वपाको कार्यक्रममा सहकारीपीडित र रास्वपाका कार्यकर्ताबीच ढुंगा हानाहान भएको छ। उक्त कार्यक्रममा रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने पनि सहभागि थिए।

सहकारी पीडितहरू ‘हामीलाई केही कुरा राख्नु छ’ भन्दै कार्यक्रमस्थलभित्र पस्न खोजेपछि रास्वपाका कार्यकर्ताले रोकेका थिए। यसैक्रममा दुई पक्षबीच विवाद भयो। त्यसपछि रास्वपा कार्यकर्ताले कलामन्दिर परिसरबाट सहकारीपीडितलाई ढुंगा हाने।

भित्रबाट ढुंगा प्रहार भएपछि सहकारीपीडितले पनि ढुंगा तथा पानीको बोतल प्रहार गरेका थिए। सहकारीपीडित संघर्ष समितिका संयोजक शालिकराम दुवाडीले ढुंगा हानाहानमा चारजना सहकारीपीडित घाइते भएको बताए।

झडपकै क्रममा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर रिहा गरेको छ। रास्वपाले भने कार्यक्रमस्थलमा सहकारी पीडितले नभई कांग्रेस–एमालेका कार्यकर्ताले ढुंगा हानेको आरोप लगाएको छ।

सभापति लामिछानेविरुद्ध शुक्रबार दिउँसो मुग्लिन बजारमा पनि कालो ब्यानरसहित नाराजुलुस भएको थियो। काठमाडौं फर्कने क्रममा भरतपुर विमानस्थलमा जम्मा भएका रास्वपा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै लामिछानेले भने सहकारी पीडित न्याय माग्न आफु समक्ष आएको बताएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट