झापामा खोलाले बगाएर महिलाको मृत्यु, मेची किनार भारतपटी भेटियो शव

दमक– झापामा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ। मेचीनगर नगरपालिका–७, गैरीगाउँका भुवन खरेलकी श्रीमती ३५ वर्षीया हिमा पोखरेल खरेलको आज विहान मेची खोलामा शव फेला परेको हो।

शुक्रबार दिउँसो करिब ३ बजे खोला तर्ने क्रममा नदीले बगाएर बेपत्ता भएकी हिमाको शव आज विहान मेची नदीको भारतपट्टीको किनारामा फेला परेको हो।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी मिमकुमार लामाका अनुसार भारतको खोरीवारी थानाबाट आएको प्रहरी टोलीले मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमको लागि सिलिगुडी पठाएको जानकारी दिए।

भारतीय प्रहरीसंग समन्वय गरी हिजोदेखि उनको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट