रक्सीले मातेका बुबाछोराको भिडन्तमा छोराको मृत्यु, बुबा प्रहरी हिरासतमा

काठमाडौँ– लमजुङको मर्स्याङदीमा रक्सीले मातेका बुबाछोराको भिडन्तमा छोराको ज्यान गएको छ। मर्स्याङदी गाउँपालिका–२ घनपोखरा प्रोबीका ५७ वर्षीय बुबा सन्तबहादुर तामाङ र २७ वर्षीय सोमबहादुरको भिडन्त भएको हो।

प्रहरीका अनुसार शुक्रबार साँझ करिव ६ बजे दुवैजना रक्सी सेवन गरेर बसेका थिए। त्यसैबेला आपसमा झगडा भएपछि घटना घटेको हो। लमजुङ प्रहरीका डीएसपी निशान्त श्रीवास्तवका अनुसार सुरुमा छोराले बुबालाई मुक्का हानेको र त्यसपछि बुबाले नजिकैको हँसिया लिएर प्रहार गर्दा छोराको घाँटीमा लागेर ज्यान गएको उनको हो।

हँसिया प्रहारबाट गम्भीर घाइते भएका सोमबहादुरलाई राती करिव ८ बजे बेंसीसहरस्थित लमजुङ अस्पतालमा सामान्य उपचार गरेर चितवनको भरतपुर अस्पताल लगिएको थियो। त्यहाँ उपचारका क्रममा शनिबार बिहान सवा ३ बजे सोमबहादुरको मृत्यु भएको डीएसपी श्रीवास्तवले बताए।

घटनापछि खुदी प्रहरी चौकीले सन्तबहादुरलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट