चितवन पुगेका रवि लामिछाने विरुद्ध सहकारी पीडितद्वारा कालो ब्यानरसहित नाराबाजी

काठमाडौँ – पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहकारी पीडितले चितवनको मुग्लिनमा कालो ब्यानर देखाएका छन्।

सभापति लामिछाने चितवन पुगेका बेला शिव शिखर र साहारा चितवन सहकारीका पीडितहरूले कालो ब्यानर देखाएका हुन। उनीहरुले लामिछाने विरुद्ध नाराबाजीसमेत गरेका छन्।

रास्वपाले शुक्रबार चितवन निर्वाचन क्षेत्र नम्बर २ को इच्छाकामना गाउँपालिकामा सार्वजनिक सुनुवाइ गरेको थियो। त्यही कार्यक्रममा आएको मौका पारी सहकारी पीडितले नाराबाजीसहित कालो ब्यानर देखाएका हुन।

जिल्ला प्रहरी कार्यालयका एसपी भावेश रिमालले मुग्लिनमा सहकारी पीडितले कालो झण्डा देखाएर विरोध प्रदर्शन गरेको बताए । लामिछाने शुक्रबार तेस्रो सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी हुन चितवन आएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट