झापामा २१ वर्षीय युवकको हत्या आरोपमा छिमेकी आमाछोरा पक्राउ, एस्काभेटरले घर खनेर शव खोजीँदै

दमक– झापाको बाह्रदशी गाउँपालिका–५, फुलवारीका २१ वर्षीय राजेश ठाकुरको हत्या गरी शव घरभित्र गाडेको आशङ्कामा प्रहरीले छिमेकी आमा–छोरालाई पक्राउ गरेको छ। एक जना आरोपी फरार भई विदेश पुगेको खुलेको छ।

पक्राउ पर्ने छिमेकी नरेश राजवंशी र उनकी आमा मुना मेचे राजवंशी छन्। तर, हालसम्म ठाकुरको शव फेला नपरेकाले आरोप पुष्टि भईसकेको छैन। ठाकुर चार महिना (१५ ज्येष्ठ) देखि वेपत्ता छन्। उनको हत्या भएको आशंकामा झापा प्रहरीले शवको खोजी गरिरहेको छ।

शव लुकाइएको हुन सक्ने सम्भावित स्थानहरूमा प्रहरीले उत्खनन् गर्ने काम गरिरहेको छ। विहिबार प्रहरीले ४ घण्टासम्म मुनाको घरभित्र खनेर शव खोजेको थियो। अपरान्ह ४ बजेदेखि ८ बजेसम्म खन्दा समेत शव फेला नपरेपछि हिजो प्रहरी फर्किएको थियो।

शव फेला नपरेपछि प्रहरीले एस्काभेटरको प्रयोग गरी शुक्रबार मुनाको आँगनमा खनिरहेको छ। उत्खनन्का क्रममा राजेशले लगाएको लुगा, नुनका खाली प्याकेट र एउटा दाउ भेटिएको प्रहरी स्रोतले जनाएको छ।

झापाका एसपी मिलन केसीका अनुसार ठाकुरको हत्या गरेर घरभित्रै शव गाडिएको सुचना प्रहरीलाई आएको छ। सोही सूचनाका आधारमा प्रहरीले बिहीबारदेखि उत्खनन् शुरू गरेको हो। छिमेकी गणेश राजवंशी र उनकी भाउजू मुनाले हत्या गरेर आफ्नो घर–आँगनमा शव गाडेको आशंका छ।

यो सूचना मुनाका छोरा नरेशले प्रहरीलाई दिएका हुन। स्रोतका अनुसार राजेशको शव गाड्ने काममा आफूले पनि सहयोग गरेको नरेशले प्रहरी समक्ष बयान दिएका छन्। घटनामा संलग्न भएको आरोप लागेका गणेश भने दुबईमा रहेको प्रहरीले जनाएको छ। मुनाका श्रीमान अभय राजवंशी पनि पहिलादेखि नै साउदी अरबमा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट