अंग्रेजी विद्वान मनोज गजुरेलले देखाए विद्वताः नेपालमा मात्र पाईने थर ‘ग्याजुर्याल्ज्’

काठमाडौँ– अमेरिका भ्रमणका क्रममा डाँफेलाई ‘डाँफेज’ र गैडालाई ‘गैँडाज’ भनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अंग्रेजी नजानेको भन्दै अहिले त्यसको चर्चा भइरहेको छ। आलोचकहरूले अंग्रेजी बोल्न नआएको भन्दै सामाजिक सञ्जालमा खिसीटिउरी गरिरहेका छन्।

तर एमाले महासचिव शंकर पोखरेलले भने अंग्रेजीमा पनि नेपाली नामलाई स्थापित गर्ने सपनाका साथ प्रधानमन्त्री ओलीले ‘डाँफेज’ र ‘गैँडाज’ शब्दको प्रयोग गरेको भनी प्रतिरक्षा गरेका छन्।

उसोत, आलोचकले केपी शर्मा ओलीलाई आठ कक्षा फेल भन्दै उडाउँछन्। यो लिष्टमा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई समेत छन्। एमाले अध्यक्षसमेत रहेका ओलीले केही समयअघि ‘माओवादी नेताले आफना छोराछोरीलाई विदेशमा पढाएर जनताका छोराछोरीलाई जवर्जस्ती बन्दुक बोकाएको’ भन्दै ‘बाबुराम भट्टराईकी छोरी कुन हैसियतमा विदेश पढ्न गईन ?’ भनेर प्रश्न उठाएका थिए।

सामाजिक सञ्जालमा त्यसको जवाफ दिँदै भट्टराईले ‘मानुषीले आठ कक्षा पास गरेकी थिईन नी त’ भन्दै लेखेका थिए। उनको आसय भनेको केपी ओलीले आठ कक्षा पास नगरेको अनपढ भन्ने नै थियो।

तर, जसले जसरी आलोचना गरेपनि प्रधानमन्त्री ओली मज्जैले अंग्रेजी बोल्छन्। त्यसैले उनले आफनो देशमा पाईने डाँफे र गैडाको अंग्रेजी उच्चारण नजानेर ‘डाँफेज’ र ‘गैडाज’ भनेका होलान भनेर विश्वास गर्ने अवस्था भने छैन।

यति हुँदाहुँदै ओलीको आलोचना गर्नेमा चर्चित हास्य कलाकार मनोज गजुरेल पनि थपिएका छन्। उनले यस विषयमा ओलीको कटाक्ष गरेका छन्। काँडे भ्याकुरलाई ‘काँडेज् भ्याकुर्ज’, लाली गुराँसलाई ‘लालिज् गुराँज’ भनी यस्तै किसिमका सातवटा शब्द बनाएर ओली र पोखरेललाई उनले व्यंग्य गरेका हुन्।

फेसबुकमा गजुरेलले लेखेका नेपाली र ब्यंग्यात्मक शब्द
नेपालमा मात्र पाइने!
१. चरा: काँडेज् भ्याकुर्ज
२. जनवार: रातोज् पाण्डाज्
३. फूल: लालिज् गुराँज्
४. पत्थर: शालिज–ग्राम
५. जडीबुटी: टिमुर्ज्
६. भाषा: ओलांग्रेजी
७. थर: ग्याजुर्याल्ज्


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट