प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मधेश सरकारको ५१ लाख, सरकारको नियुक्ति विवादमा

जनकपुर — प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मधेश प्रदेश सरकारले पनि ५१ लाख रुपैयाँको योगदान गर्ने भएको छ। मुख्यमन्त्री सतिशकुमार सिहले शुक्रबार बोलाएको गठबन्धन दलको बैठकमा कोषमा ५१ लाख रुपैयाँ सहयोग गर्ने सहमति भएको छ।

लोसपाका प्रदेश सांसद उपेन्द्र महतोका अनुसार गठबन्धन दलका नेताहरु सहभागी बैठक दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो।

बैठकले प्रदेश सरकारले गरेको नियुक्तको आवश्यकता र प्रभावकारिता अध्ययन गर्न लोसपा संसदीय दलका उपनेतासमेत रहेका उपेन्द्र महतोको संयोजकत्वमा ४ सदस्यीय समिति समेत गठन गरेको छ।

मुख्यमन्त्रीले एक्लौटी सरकारी नियुक्त गरेको र गठबन्धनमा छलफल नगरेको आरोप लागेपछि सत्ता गठबन्धन दलका सांसदहरु राखेर नियुक्तको आवश्यकता र प्रभावकारिता अध्ययन गर्न समिति गठन भएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट