विराटनगर जाँदै गरेको माईक्रो सिस्नेरीमा पल्टिँदा १५ जना घाईते, ३ को अवस्था गम्भिर

सिन्धुली– सिन्धुलीको कमलामाईमा १९ यात्रु लिएर विराटनगर जाँदै गरेको माईक्रोबस दुर्घट्ना भएको छ। काठमाडौँबाट आएको बा ५ ख ६६१८ नम्बरको माइक्रोबस आज बिहान करिब साढे ४ बजे कमलामाई नगरपालिका– ८, भिमान नजिकै सिस्नेरीमा पल्टिएको हो।

माइक्रो सडकबाट नालीमा खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा चालकसहित १५ जना घाइते भएको र ३ जनाको अवस्था गम्भिर छ। घाइतेमध्ये ९ जनालाई उपचारका लागि सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको र बाँकी ६ जना स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि अन्य सवारी चढेर गएको प्रहरीले जनाएको छ।

माइक्रोबसका चालक अनुप सुन्दास पनि घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्द काफ्लेका अनुसार माइक्रोमा १९ जना सवार थिए। तीमध्ये चार जना सकुशल छन्। चालक निदाएको वा तीव्र गतिका कारण माइक्रो दुर्घटनामा परेको अनुमान प्रहरीको छ।

बीपी राजमार्ग बाढी र पहिरोका कारण अवरुद्ध भएपछि काठमाडौँ–धुलिखेल–सिन्धुली– भिमान हुँदै पूर्व जाने साना सवारी साधन हाल त्रिभुवन राजपथ सडकअन्तर्गत चन्द्रागिरि–चित्नाङ–पालुङ–हेटौँडा–भिमान–कटारी–गाईघाट–चतरा हुँदै चलिरहेका छन्।

फाईल फोटो।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट