विराटनगरमा ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु

विराटनगर– मोरङको विराटनगरमा ट्रकको ठक्करबाट बिहिबार साँझ साइकल यात्रीको मृत्यु भएको छ।

साँझ करिव ७ बजे विराटनगर महानगरपालिका–१८, आइसीपी चोकमा ना ४ ख २४८३ नम्बरको ट्रकको ठक्करबाट साईकल यात्री विराटनगर-१८, लवाघाटका ६० वर्षीय श्याम साहको मृत्यु भएको हो।

विराटनगरबाट आइसीपी चोकतर्फ जाँदै गरेको ट्रकले सोही दिशामा जाँदै गरेको साइकललाई ठक्कर दिँदा साह घाईते भएका थिए। टाउकोमा चोट लागेका साहलाई उपचारका लागि विराट नर्सिङ होम पु¥याईएको थियो।

तर, उपचार सुरु गर्न नपाई डाक्टरले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट