जग्गा व्यापारीलाई ‘हनिट्रयाप’ मा पारी इन्स्पेक्टर बिनु शाहीसँग मिलेर पैसा अशुल्ने थप एक महिला पक्राउ

काठमाडौंँ– एक जना जग्गा व्यवसायीलाई ‘हनिट्रयाप’ मा पारेर ललितपुरको भैंसेपाटी प्रभागकी इन्स्पेक्ट बिनुकुमारी शाहीसँग मिलेमतो गरी ३० लाख रुपैयाँ असुल गरेको घट्नामा प्रहरीले थप एक महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्ने सुनसरीको इटहरीकी भीमादेवी थापा हुन। उनलाई विहिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। यसअघि प्रहरीले सुष्मा विक र ताज इस्लामलाई पक्राउ गरेको थियो। ब्यवसायीलाई झुठो प्रेमको जालमा फसार मिलेमतो गरी प्रहरी कार्यालयभित्रै बार्गेनिङ गरी पैसाको असुल गरेको आरोपमा उनीहरु माथि छ।

उनीहरुले ती ब्यवसायीलाई भैंसेपाटी प्रभागको हिरासतमा राखी बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख असुली गरेको र त्यो पैसा थापाको खातामा जम्मा गरिएको खुलेको छ। घटनाको विषयमा उनी जानकार नरहेको र ताजले उनको खाता प्रयोग गर्दै आएको पनि प्रहरीले जनाएको छ।

इन्स्पेक्टर शाहीको जिम्मेवारी खोसिएको छ भने उनीविरुद्ध प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ। शाहीकै योजनामा व्यवसायीलाई बलात्कारको मुद्दा चलाउने धम्की दिएर पैसा असुल गरिएको खुलेको छ।

ललितपुर प्रहरीले शाहीको मोबाइल नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। प्रहरी नियन्त्रणमा रहेका युवा ताज स्लामको मोबाइल (आइफोन १४ प्रो म्यास) भने गायब छ। प्रहरी स्रोतका अनुसार इन्स्पेक्टर शाहीले नै ताजको मोबाइल गायब पारेकी हुन्।

शाही ललितपुर प्रहरी कार्यालयमा तानिएपछि ताजको मोबाइल नै गायब भएको हो। शाहीले आफू र ताजबीच मोबाइलको म्यासेजमा भएको कुराकानी समेत हटाएकी छन्। अनुशन्धानका क्रममा ‘हनी ट्रयाप’को योजना इटहरीबाट सुरु भएको देखिएको छ। इलाका प्रहरी कार्यालय इटहरीलाई प्रयोग गरी रकम असुल्ने योजना असफल भएपछि भैँसेपाटी प्रहरी प्रयोग भएको खुलेको छ।

प्रहरीका अनुसार ललितपुरका ती व्यवसायी केही समयअघि करिव ५ करोड पर्ने ल्याण्ड रोभर प्राडो लिएर इटहरी पुगेका थिए। त्यही बेला हाल ललितपुर प्रहरीको थुनामा रहेकी सुस्मा विकसँग इटहरी र इलाम घुमफिर गरे र होटेलमा सँगै बसे। त्यसपछि युवा ललितपुर फर्किए। सुस्माले पैसावाला पाटी जालमा परेको भन्दै आफू निकट युवा (दाजु जस्तो मिल्ने) दर्शन पोखरेललाई सुनाईन।

दर्शन र सुस्माबीच व्यवसायीबाट रकम असुल्ने योजना बन्यो। योजना फत्ते गर्न उनीहरु इलाका प्रहरी कार्यालय इटहरी समेत पुगे। तर, सोचेजस्तो भएन। त्यसपछि दर्शनले पूरानो चिनजान रहेका ताजसँग यो कुरा सुनाए। त्यसपछि ताजले भैँसेपाटी प्रहरी प्रयोग गर्ने योजना वनाए। इन्स्पेक्टर शाही र ताजबीच नजिकको सम्बन्ध थियो।

व्यवसायीबाट असुल हुने पैसामध्ये ५० प्रतिशत शाहीले लिने निधो भयो। योजनाअनुसार दर्शन र सुस्मा इटहरीबाट काठमाडौं पुगेर गौशालाको एक होटलमा बसे। असोजको पहिलो साता उनीहरु भैँसेपाटी पुगे। सुस्माले भेट्न बोलाएपछि व्यवसायी भैँसेपाटी पुगे। त्यही बेला ल्यान्ड रोभर प्राण्डोसहित कार्यायल भित्र लगेर इन्स्पेक्टर शाहीले ब्यवसायीलाई ‘बलात्कारको उजुरी आएको छ’ भन्दै हावाकावा पारिन। सुस्मा र ताज पनि सँगै थिए। त्यसपछि मुद्दा नचलाउने सर्तमा ६० लाखबाट पैसाको वार्गेनिङ भयो।

३० लाखमा सहमति भएपछि व्यवसायीले तत्कालै ७ लाख रुपैयाँ दर्शनको खातामा ट्रान्सफर गरे र गाडी बेचेर बाँकी पैसा दुईदिनभित्र दिने कबोल गरे। नभन्दै गाडी बेचेर उनले बाँकी १३ लाख बैंकमार्फत र १० लाखको चेक काटेर दिएको अनुशन्धानका क्रममा खुलेको छ।

व्यवसायीका एक जना साथीले ललितपुर प्रहरीमा जानकारी गराएपछि घट्नाको तेस्रो दिन उनीहरुका पर्दाफासको सुरुवात भयो। त्यसपछि ललितपुर प्रहरीले भैँसेपाटीमा रहेका दर्शन, सुस्मा र ताजलाई कार्यालय झिकायो।

ललितपुर प्रहरीले डीएसपी नरहरी अधिकारीको नेतृत्वमा पाँच सदस्यीय समिति बनाएर घट्नाको अनुशन्धान गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट