युवकको हत्या आशंकामा प्रहरीले ४ घण्टा छिमेकीको घर खोतल्योः नुनका पोका भेटिए, शव भेटिएन

दमक– छिमेकी युवकको हत्या गरी घरभित्रै शव गाडेको आशंकामा विहिबार प्रहरीले झापाको बाह्रदशी गाउँपालिका– ६, सिमलवारीका एक ब्यक्तिको घर र आँगन खनेको छ। ४ घण्टासम्म खनेर खोजतलास गर्दा पनि युवकको शव भने फेला परेको छैन।

प्रहरीका अनुसार स्थानीय नरेश राजवंशीले छिमेकी २१ वर्षीय राजेश ठाकुरको हत्यापछि घरभित्र शव गाडेको आशंका छ। ठाकुर गत जेठ दोस्रो सातादेखि हराइरहेका छन्। ठाकुरलाई वेपत्ता पारेका आरोपमा प्रहरीले नरेश र एक युवतीलाई पक्राउ गरेको छ। युवतीको नाम प्रहरीले खुलाएको छैन।

स्रोतका अनुसार नरेशले राजेशको हत्या गरेको स्विकार गरेका छन्। नरेशको वयानकै आधारमा प्रहरीले उनको घरमा विहिबार ४ वजेदेखि खन्न थालेको थियो। साँझ ८ बजेसम्म घर र आँगन खन्दा पनि शव भने फेला परेको छैन।

युवाको हत्यामा प्रयोग भएको डोरी र हतियारलगायतका सामान प्रहरीले बरामद गरेको जनाईएको छ। घर र आँगन खन्दा नुनका पोकाहरू भेटिएको स्थानीयबासीले बताएका छन्। शव गलाउन नुनको प्रयोग भएको हुन सक्ने आशंका छ।

शव नभेटिएपछि फर्किएको प्रहरीले घट्नाको बारेमा धेरै जानकारी दिएको छ। आज पनि खोजतलास गरिने जनाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट