मामाद्वारा बलात्कृत गर्भवती बालिकाको स्वास्थ्य जटिल बनेपछि सेनाको हेलिकप्टरबाट उद्धार

काठमाडौँ– बलात्कारमा परेर गर्भवती भएकी बाजुराकी एक बालिकाको स्वास्थ्य जटिल बनेपछि विहिबार हेलिकप्टरबाट उद्धार गरिएको छ। उनी आफ्नै मामाबाट बलात्कारको शिकार भएकी थिईन।

जिल्ला अस्पताल बाजुरामा प्रसूति सेवाका लागि आएकी बूढीनन्दा नगरपालिका–९ की १५ वर्षीया सीमाना बाजुरेलीको हेलिकप्टरबाट उद्धार गरिएको हो। उनलाई नेपालीलाई नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको सहायक सीडीओ रुपक मण्डलले जानकारी दिए।

गर्भवतीको स्वास्थ्यस्थिति जटिल भएपछि जिल्ला अस्पतालले उनलाई सुविधा सम्पन्न अस्पतालमा लैजान ‘रेफर’ गरेको थियो। सीडीओ कार्यालयको पहलमा महिला तथा बालबालिका मन्त्रालयअन्तर्गतको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उनको उद्धार गरिएको हो।

किशोरावस्थाकी गर्भवतीको ज्यान जोखिममा भएकाले उनलाई उद्धार गरिएको हो। हाड नाताकरणीको अभियोगमा किशोरीका मामालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट