२१ वर्षीय युवकको हत्या गरी शव लुकाएको आशंकामा छिमेकीको घरमा उत्खनन्

दमक– झापामा एक युवकको हत्या गरी घरभित्र पुरेको आशंकामा प्रहरीले छिमेकीको घरमा उत्खनन् गरिरहेको छ।

बाह्रदशी गाउँपालिका–६ का २१ वर्षीय युवक राजेश ठाकुरको हत्या भएको आशंकामा प्रहरीले छिमेकीको घरमा उत्खनन् सुरु गरेको हो।

ठाकुर तीन महिनादेखी हराइरहेका थिए। ठाकुरको शव घरभित्र पुरेको हुन सक्ने आशंका प्रहरीले गरेको छ। ठाकुरको खोजतलास गरिरहेको प्रहरीले कतिपयलाई नियन्त्रणमा लिएर बयान लिएको थियो।

सोही बयानका आधारमा छिमेकीको घरमा उत्खनन् गरेको जनाईएको छ। उत्खनन्को क्रममा नुनका पोकाहरु भेटिएको जनाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट