आज रातिबाट डीभी भर्न सकिने (डीभी भर्ने लिंकसहित)

काठमाडौँ– अमेरिकाले प्रदान गर्ने इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (इडीभी) २०२६ का लागि बुधबार रातिदेखि आवेदन खुला हुँदैछ।

इडीभी कार्यक्रम नेपाली समय अनुसार आज राति ९ बजेर ४५ मिनेटमा खुल्न लागेको नेपाल स्थित अमेरिकी दूतावासले जनाएको छ।

डीभी कार्यक्रमका लागि हुने छनोट योग्य आवेदकहरू मध्येबाट एकदमै निष्पक्ष रूपमा गरिने दूतावासले जनाएको छ। एक जनाले एउटा मात्र आवेदन बुझाउनु पर्ने दूतावासले जनाएको छ।

एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिनेछन्। आवेदन कात्तिक २० गतेसम्म दिन सकिने छ।

इडीभी फारम भर्न यहाँ क्लिक गर्नुहोस।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट