विदेशमा वसेर सामाजिक सञ्जालमा जथाभावी लेख्नुहुन्छ ? विमानस्थलमा ढुकेर वस्छ नेपाल प्रहरी

काठमाडौँ– विदेशमा बसेर सामाजिक सञ्जालमा जथाभावी लेख्दै महिला तथा विभिन्न ब्यक्तिको चरित्र हत्या गर्नेहरु विरुद्ध प्रहरीले निगरानी बढाएको छ।

यसैक्रममा मलेसियाबाट फर्किएका एक युवक काठमाडौँ विमानस्थबाटै पक्राउ परेका छन्। नेपालमा रहेकी एक महिलाको चरित्र हत्या गरेको आरोप लागेका सुर्खेतको गुर्भाकोट नगरपालिका–३ का २९ वर्षीय खगेन्द्र ऐरीलाई प्रहरीले पक्राउ गरेको हो।

ऐरी विरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको थियो। बुधबार मलेसियाबाट फर्कने क्रममा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनले सामाजिक सञ्जालमार्फत एक महिलासँग गोप्य तस्वीरहरु साटासाट गरेका थिए। पछि ती तस्वीहरु आफन्त र साथीहरुलाई पठाएर चरित्रहत्या गरेको प्रहरीको भनाइ छ।

ऐरीविरुद्ध पीडित महिलाले साइबर ब्यूरोमा २३ वैशाख २०७९ मा जाहेरी दिएकी थिइन्। त्यतिबेला उनी वैदेशिक रोजगारीमा मलेसिया पुगिसकेका थिए। त्यसपछि इनटरपोलमार्फत रेड नोटिस जारी भएपनि पक्राउ परेका थिएनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट