‘कुरा गर्नुछ’ भन्दै घरमा बोलाएर बालिका बलात्कार गर्ने एक जना पक्राउ

काठमाडौँ– दाङमा घरमै बोलाएर बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

गढवा गाउँपालिका–२ महादेवा गाउँ बस्ने २५ वर्षीय अनिल विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो। पीडितले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी इश्वर थापाका अनुसार विकले १६ वर्षीया बालिकालाई ‘कुरा गर्नु छ’ भन्दै आफ्नै घरमा बोलाएर बलात्कार गरेको जाहेरीमा उल्लेख छ।

घट्नाको अनुसन्धान भइरहेको डीएसपी थापाको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट