बेलबारीमा कुलोमा डुबेर २ बर्षीय बालकको मृत्यु

विराटनगर– मोरङको बेलबारीमा कुलोमा डुवेर २ वर्षीय बालकको मृत्यु भएको छ।

बेलबारी नगरपालिका–८, त्रिवेणी निवासी सुरेश चौधरीका छोरा २ वर्षीय कात्र्तिक चौधरीको मृत्यु भएको हो। घरनजिकै रहेको कुलोको पानीमा डुवेको अवस्थामा उनको शव फेला परेका हुन्।

प्रहरीले शवलाई पोस्टमार्टमका लागि पठाएर घटनाको अनुसन्धान सुरु गरेको छ। खेल्दै जाने क्रममा नाबालक कुलोमा डुबेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट