चोरीको निवेदन बोकेर प्रहरी कार्यालय पुगेकी महिलालाई प्रहरीले नै बलात्कार गर्न खोजेपछि…

काठमाडौँ– काठमाडौँमा चोरीको निवेदन लिएर गएकी पीडित महिलालाई सहयोग गर्ने नाममा प्रहरीले नै बलात्कार गर्न खोजेको घट्ना सार्वजनिक भएको छ।

स्वयम्भुमा वस्दै आएकी पीडित महिलाले प्रहरी वृत्त लैनचौरमा उजुरी दिएकी थिईन। उनलाई ‘चोर पक्राउ पर्यो’ भन्दै बोलाएर सोही वृत्तका प्रहरी सहायक हवल्दार अनिलकुमार दाहालले बलात्कार प्रयास गरेको खुलासा भएको हो।

पीडित महिलाले दाहाल विरुद्ध प्रहरीमा उजुरी दिएकी थिईन। उनको उजुरीपछि आरोपित दाहाललाई निलम्बन गरिएको छ। जानकारी अनुसार कोठामा चोरी भएपछि ती महिला २० भदौमा जाहेरी दिन प्रहरी वृत्त स्वयम्भूमा गएकी थिइन्।

स्थानीय प्रहरीले लैनचोर प्रहरी वृत्तमा पनि उजुरी दिनु भनेपछि उनी त्यसै दिन लैनचौर प्रहरी वृत्त पनि पुगिन। त्यहाँ उनले चोरीमा संलग्न व्यक्तिको तस्बिर र आफ्नो मोबाइल नम्बर छोडेर कोठा फर्किइन्। त्यसपछि केही दिनपछि बुझ्न जाँदा जाहेरवाला महिलाको सहायक हबल्दार दाहालसँग कुराकानी भयो। उनले चोर भेटिए आफूले खबर गरिदिने भन्दै महिलाको नम्बर पनि मागे।

२९ भदौको राति ९ बज दाहालले ‘चोर पक्राउ पर्ने वाला छ, तुरुन्त आउनु’ भन्दै ती महिलालाई फोन गरे। महिलाले ‘आफ्नो ८ वर्षको बच्चा छ, भोलिपल्ट आउँछु’ भन्दा नआए चोरलाई छाडिदिन्छु भन्ने जवाफ दिए। त्यसपछि उनी पठाओ मार्फत् प्रहरी वृत्त लैनचौर पुगिन।

तर, दाहाले उनलाई ठमेल पु¥याए। ‘चोर कहाँ छ ?’ भनेर सोध्दा दाहालले एकछिनमा ल्याउछौँ भन्दै होटलको कोठामा पु¥याए र बलात्कार गर्न खोजे। त्यसपछि आफु भागेको महिलाले बताएकी छिन्। यो सवै विवरण उल्लेख गरेर उनले जाहेरी दिएपछि दाहाललाई निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट