होटलमा लगेर श्रीमतीको विभत्स हत्या गरेको अभियोग लागेका समिर जेल चलान, ३ जना रिहा

काठमाडौँ — वियरको वोतलले टाउकोमा हानेर श्रीमतीको विभत्स हत्या गरेको अभियोग लागेका मकवानपुरको हेटौंडा उपमहानगरपालिका—४ का ३२ वर्षीय समिर खान (चाँद खाँ पैठान) कारागार चलान भएका छन्।

जिल्ला अदालत मकवानपुरको आदेश अनुसार उनलाई पूर्पक्षका लागि कारागार पठाईएको हो। जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले अन्य ३ जनालाई भने जनही ५० हजार रुपैयाँ धरौटीमा तारेखमा रिहा गरेको छ।

एलिशाको हत्या आरोपमा प्रहरीले समिर, उनकी आमा ५५ वर्षय सैरुन खान, श्रीमती २६ वर्षीया रविना खातुन, ससुरा पर्सा वीरगञ्जका ५६ वर्षीय लालबाबु खाँ पठान र उनका छोरा ३० वर्षीय फैयाज अहमदलाई पक्राउ गरेको थियो। पछि एक जना बाहेक ४ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो।

हेटौंडा उपमहानगरपालिका—१० वसपार्कस्थित रत्न होटलको कोठा नम्बर २०५ मा श्रीमती २३ वर्षीया एलिसा न्यौपानेको हत्या गरेको अभियोग समिरमाथि छ। ९ भदौको अपरान्ह ४ बजे समिर र एलिशा होटेलमा पुगेका थिए।

समिर बेलुका ८ बजे नै कोठाको ढोकामा भित्रबाट चुकुल लगाएर झ्यालबाट हाम फालेर भागेका थिए। उनले एलिशालाई २ वटा बियरको बोतलसहित धारिलो हतियारले हिर्काएर हत्या गरेको खुलेको छ। भोलिपल्ट बिहान (१० भदौ) होटेलको कोठा नखोलेपछि होटेलवालाले प्रहरी र वडाध्यक्षलाई डाकेर कोठा खोल्दा एलिशा मृत अवस्थामा भेटिएकी थिइन्।

हेटौंडा उपमहानगरपालिका–११ थानाभ¥याङकी एलिसाको हत्या भएको दुई दिन पछिसम्म (११ भदौसम्म) समिरले एलिसाका भाई १७ वर्षीय एलिशसँग ह्वाट्सएपमा कुराकानी गरेको पाइएको थियो। जसमा समीरले अञ्जानमै एलिशाको हत्या भएको स्वीकारेका थिए।

उनले लेखेका थिए– ‘सरी, पाप भयो, मेरो सानो गल्तीले ज्यान गयो झगडा पर्दा, बाँकी अब कुरा चौकी जान्छु म आफैं।’ होटलमा पुगेपछि सुरुमा राम्रो कुराकानी भएको र पछि पुराना कुरा निस्किएर झगडा परेको भनेका उनले जनाएका छन्। ‘दुवै जनाबाट हात हालाहाल भयो, हान्दाखेरि ज्यान गयो। मैले कति उठाउन खोजें तर ज्यान गइसकेको रहेछ’– उनले ह्वाट्एपमा लेखेका छन्।

परिवारका सदस्यका अनुसार काठमाडौँ बसिरहेकी एलिशालाई समीरले नै हेटौडा बोलाएका थिए। उनी ९ भदौमा मात्रै काठमाडौंबाट हेटौंडा फर्किएकी थिइन्। त्यही दिन उनको हत्या भएको थियो। त्यसअघि सोही दिन उनीहरुको घरमा झगडा परेको र समीरकी आमाले ‘एलिशालाई मार्दे’ भन्दै निर्देशन दिएको पनि खुलेको छ।

एलिसा र समीर करिव १० वर्षदेखि श्रीमान/श्रीमती भएर वसेका थिए। एलिसा करिव १५ वर्षकी हुँदा उनीहरुले भागेर विवाह गरेको एलिसाका आफन्तले बताएका छन्। समिरकी अर्की श्रीमती र बालवच्चा समेत छन्। विवाहपछि एलिसा र समीर काठमाडौं गए। पछि एलिसा वैदेशिक रोजगारीका लागि दुवई गईन भने समिर मेनपावर कम्पनीमा एजेन्टको रुपमा काम गर्थे।

पारिवारीक स्रोतका अनुसार एलिसाका बुबाको मृत्यु भईसकेको छ भने आमाले दोस्रो विवाह गरेकी थिईन। एलिसा र उनका भाईलाई भिनाजु गणेशबहादुर खत्रीले पालन पोषण गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट