ढोरपाटनका मेयर देवकुमार नेपाली कारागार चलान, दशैंपछि पोखरा लगिने

काठमाडौँ– ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली कारागार चलान भएका छन्। जिल्ला अदालत बागलुङका न्यायाधीश रमेशकान्त अधिकारीको एकल इजलासले मंगलबार नेपालीलाई पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।

सहकारी ठगी अभियोग लागेका नेपाललीलाई अदालतको आदेशसँगै नेपालीलाई जिल्ला कारागार पठाएको जिल्ला प्रहरी कार्यालय बागलुङका इन्सपेक्टर केशव थापाले बताए। नेपालीका भाई ओमबहादुर दर्जीलाई भने अदालतले १ लाख ५० हजार धरौटीमा रिहा गरेको छ।

मेयर नेपाली आफू अध्यक्ष रहेर पोखरा र बागलुङमा छुट्टा छुट्टै इमेज बचत तथा ऋण सहकारी संस्था सञ्चालन गरेका थिए। यी दुई जिल्लामा सञ्चालित सहकारीबाट सर्वसाधारण बचतकर्ताको २ अर्ब बढी अपचलन भएको आरोप छ। उनले बयानमा सहकारीको बचतकर्ताको रकम निजी सम्पत्ति बेचेर फिर्ता गर्ने बताउँदै आएका छन्।

सहकारी अपचलनको मुद्धा परेसँगै नेपाली डेढ वर्ष फरार भएका थिए। उनलाई इन्टरपोलको सहयोगमा भारतको दिल्लीमा पक्राउ गरेर आइतबार बागलुङ लगिएको हो। सरकारी वकिल कार्यालय बागलुङका जिल्ला न्यायाधिवक्ता पूर्णप्रसाद शर्माका अनुसार नेपालीलाई कास्की अदालतमा पनि उपस्थित गराइनेछ। तर, केही दिनपछि अदालत बन्द हुने भएकाले दसैं पछाडिमात्र उनलाई पोखरा पठाउने सम्भावना रहेको उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट