विहारमा फुट्यो कोशीको बाँध, दरभङ्गा जलमग्न

विराटनगर– भारतको विहारमा कोशी फुटेर दरभंगा जलमग्न भएको छ। मंगलबार विहान करीव १ बजे दरभंगा जिल्लाको किरातपुर ब्लकको भुभौग गाउँ नजिकै कोशीको पश्चिमी बाँध भत्किएको हो।

तीब्र बहावका साथ बगिरहेको कोशी नदीको बाँध फुटेपछि त्यस क्षेत्रका गाउँ जलमग्न भएका हुन। बाँध फुटेका कारण दरभंगा जिल्लाका गाउँहरू बाढीको चपेटामा परेको विहार सरकारको जल संसाधन विभागले जनाएको छ।

मंगलबार नै बिहारका उच्च अधिकारीहरूले प्रभावित क्षेत्रको हवाई निरीक्षण गरेका छन्। विभागले सरकारी अधिकारीहरूले बाढी र तटबन्धको अवस्थाबारे समीक्षा समेत गरेको उल्लेख गरेको छ। गाउँहरूलाई डुबानबाट बचाउनका लागि युद्धस्तरमा काम गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिइएको जनाइएको छ।

भत्किएको बाँध क्षेत्रमा मंगलबार नै करिव दुई लाख थान तटबन्ध प्रतिरोधक झोलाहरू र पाँच लाख ७ हजार नाइलन क्रेटहरू तयारी अवस्थामा राखिएको जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट