थाईल्याण्डमा ३–१५ वर्षका ६० जना बालबालिका बोकेको बसमा आगलागी, २० जनाको मृत्यु

काठमाडौँ– थाइल्याण्डमा ६० जना बालबालिका बोकेको बसमा आगलागी हुँदा बालबालिका र शिक्षकसहित २० जनाको मृत्यु भएको छ। राजधानी बैंककबाहिर प्राथमिक विद्यालयका बालबालिका बोकेको बस दुर्घटना भएको हो।

थाइल्याण्डको उत्तरी प्रान्त उथाई थानीस्थित विद्यालयका विद्यार्थी र शिक्षकहरू शैक्षिक भ्रमणबाट फर्किने क्रममा दुर्घटना भएको हो। बालबालिका र शिक्षकहरू राजधानी बैंककबाट करिब २५० किलोमिटर उत्तरमा रहेको उथाई थानी प्रान्तबाट फिल्ड ट्रिपमा गएका थिए।

स्थानीय टेलिभिजनमा प्रसारित फुटेजमा एक उद्धारकर्मीले बताए अनुसार टायर पड्किएर बस अनियन्त्रित भई ठोक्किएको थियो। त्यसपछि बसको अगाडिको भागबाट आगलागी सुरु भयो। बस आगलागीबाट पूर्णरूपमा जलेर नष्ट भएको छ। घटनामा १६ बालबालिका र तीन शिक्षकले भागेर ज्यान जोगाएका छन् भने अझै केही बालबालिका र शिक्षकहरू हराइरहेका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार बसमा ३ देखि १५ वर्षसम्मका विद्यार्थीहरू थिए। रापका कारण गाडीभित्र पस्न कठिन भएको छ। थाइल्याण्डकी प्रधानमन्त्री पेटोङतार्न सिनावात्राले दुर्घटनाप्रति गहिरो दुख व्यक्त गरेकी छिन्। थाइल्याण्डका यातायात मन्त्रीले दुर्घटनाबारे जाँच गर्ने बताएका छन्। बस ग्याँसबाट सञ्चालित भएको अनुमान गरिएको छ, जसले आगलागीलाई गम्भीर बनाएको हुनसक्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट