पत्रकारलाई ओलीको जवाफः म भैंसी दुहुन अमेरिका गएको होइन, विरोधका लागि विरोध गर्ने होइन

काठमाडौँ– अमेरिका भ्रमणबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भैंसी दुहुन अमेरिका नगएको बताएका छन्। ‘संयुक्त राष्ट्रसंघमा तपाईंको सम्बोधनले मुलुकलाई के अर्थ राख्छ?’ भन्दै पत्रकारले गरेको प्रश्नको जवाफमा उनले यस्तो बताएका हुन।

‘म कुनै भैंसी दुहुन गएर दूध लिएर आएँ भनेजस्तो होइन। हाम्रा विचार, समस्याहरू त्यहाँ राख्न गएको हो, राखियो। यी समस्याहरू एउटा देशका मात्र होइन, सबैका हुन्। सबै देश मिलेर समाधान गर्नुपर्छ भन्ने कुरा भयो। अल्पविकसित देशहरूले क्षति र मार सहनु परेको छ, त्यसमा विश्वसमुदायको ध्यान जानुपर्छ।’ उनले भने।

प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनपछि नेपालजस्ता अल्पविकसित देशहरूले भोगेको समस्याका बारेमा विश्व समुदायमाझ कुरा पु¥याएर फर्किएको र त्यसको प्रभाव चाँडै देखिने पनि बताए।

‘विपद्का बेला सरकारको भूमिका देखिएन, नेपालमा अविरल वर्षा भएर धनजनको क्षती हुँदा पनि भ्रमण छोट्याएर स्वदेश नफर्किएको’ विषयमा भईरहेको आलोचनाका विषमा पनि उनले टिप्पणी गरे।

‘विरोधका लागि विरोध होला। सरकारले गर्नेसम्मको प्रयास ग¥यो। तत्काल बैठक गरेर सेना, प्रहरी परिचालन गरेर उद्धार ग¥यो। अब बाढी आउने कुरालाई त रोक्न सकिँदैनथ्यो। उद्धार गर्ने र राहत पु¥याउने कुरा हो। पूर्वसूचना गरेर पहिरो जाँदैन। पहिरो गएपछि क्षति पु¥याउने नै भयो। त्यसमा सरकारले तदारूकताका साथ उद्धार कार्य र राहत कार्य पु¥याउने हो, त्यो पु¥याएको छ भन्ने मलाई लाग्’ ओलीले भने–‘मैले बाहिरै हुँदा पनि यस विषयमा जानकारी लिँदै आएको छु। निर्देश गर्दै आएको छु। मैले जानकारी पाएअनुसार आफ्नो बुताअनुसार गरेको छ। संवेदनशील बेलामा सबै मिलेर चल्नु राम्रो हुन्छ, विरोधका लागि विरोध गर्ने होइन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट