उमेर हदवन्दीका विषयमा विवाद हुँदा अखिल क्रान्तिकारीको अधिवेशनमा कुर्सी हानाहान

काठमाडौँ– प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको सोमबारको बन्दसत्रमा कुर्सी हानाहान भएको छ। कीर्तिपुरमा जारी बन्दसत्रमा विवाद वढेपछि २ समूहबीच कुर्सी हानाहान भएको हो।

अखिल क्रान्तिकारीमा उमेर हदबन्दी लगाउने वा नलगाउने भन्ने विषयमा विवाद छ। यही विषयमा दुई पक्षबीच विवाद भएको थियो। पार्टी अध्यक्ष पुष्पकमल दाहालले विद्यार्थी नेताहरूलाई खुमलटार बोलाएर मतपत्रमा २८, ३० र ३२ वर्षको उमेरहदको विकल्पमा जान सुझाव दिएका थिए।

यो विषय मतदानबाट निर्णयमा पुग्न उनको निर्देशन थियो। उनको निर्देशन दिएपछि बन्दसत्र सुरु भएको थियो। बन्दसत्रमा छलफल र त्यसपछि विवाद हुँदै कुर्सी हानाहानको अवस्था आएको थियो। अध्यक्षका आकांक्षी तुकमान महरा नेतृत्वको समुहले सम्मेलन हल तोडफोड समेत गरेको जनाईएको छ।

तोडफोडमा उत्रने महरा पार्टी अध्यक्ष पुष्पकमल दाहालकै पूर्वस्वकीय सचिव जोखबहादुर महराका छोरा हुन्। जोखबहादुर लुम्बिनीका पूर्वमुख्यमन्त्री पनि हुन्। १० असोजदेखि जारी २३ औराष्ट्रिय सम्मेलनमा उमेरको हदबन्दी लगाउने कि नलगाउने भन्नेमा पनि प्रतिनिधिहरू एकमत छैनन्।

आइतबार नै एक पक्षले उमेरहद लगाउनुपर्ने भन्दै सम्मेलन हलमा नाराबाजी गरेका थिए भने अर्को पक्षले उमेरहद लगाउन नहुने भन्दै नाराबाजी गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट