ऋणमा डुवेपछि १ व्यवसायीको परिवारले नै गर्यो आत्महत्या, ५ जनाको शव एकै ठाउँमा

काठमाण्डौं– भारतको तमिलनाडुमा ऋणमा डुवेका एक व्यवसायीले परिवारका अन्य ४ सदस्यसहित आत्महत्या गरेका छन्। नमनसमुद्रन क्षेत्रमा वुधबारदेखि पार्किङ गरेर राखेको कारबाट तमिलनाडु प्रहरीले ब्यापारी ५ जनाको शव बरामद गरेको छ।

बरामद भएका ५ शव मध्ये ५० वर्षीय व्यवसायी मणिकन्दन, उनकी पत्नी नित्या, आमा सरोजा, र दुई बच्चाहरू छन्। प्रारम्भिक अनुसन्धानमा उनीहरुले विष सेवन गरेर आत्महत्या गरेको खुलेको छ। प्रहरीका अनुसार परिवार ऋणमा डुवेको थियो।

शवको नजिकै सुसाइड नोट पनि भेटिएको छ, जसमा विष खाएर आत्महत्या गरेको उल्लेख छ। तर, आत्महत्याको कारण खुलाइएको छैन। स्थानीयवासीहरुले नमनसमुद्रन क्षेत्रमा एउटा कार लामो समयदेखि पार्क रहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले घटनास्थलमा पुगेर सोधपुछ गरी कारको मालिक पत्ता लगाउने प्रयास गर्यो। तर कोही पनि कार लिन नआएपछि चाबी खोलेर हेर्दा भित्र पाँच जनाको शव देखेर प्रहरी स्तब्ध भयो। प्रहरीले मृतकका आफन्तलाई फोन गरेर बोलाएपछि उनीहरू लाखौंको ऋणमा डुबेका पत्ता लागेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट