हङकङमा युवतीको नितम्वमा विर्य छर्केको अभियोग लागेका युवकलाई ५ हजार डलर जरिवाना

काठमाण्डौं– हङकङको एउटा अदालतले युवतीको नितम्वमा विर्य छर्केको आरोप लागेका युवकको अपराध प्रमाणित गर्दै ५ हजार हङकङ डलर जरिवाना गरेको छ। तर, युवतीसँग यौन सम्पर्क नगरेको र शरीरमा पनि नछोएको भन्दै जेल सजायबाट मुक्त गरिएको छ।

हङकङको सिटी युनिभर्सिटीमा पीएचडी अध्ययनरत २६ वर्षीय लाइ चाङवेई विरुद्ध २२ वर्षीया युवतीको नितम्बमा आफ्नो वीर्यसहितको तरल पदार्थ छर्केको आरोपसहित वेस्ट काउलुन अदालतमा मुद्दा दर्ता भएको थियो।

अदालतमा मंगलबार भएको सुनुवाईका क्रममा न्यायाधीश ली चिहोले पीडकले पीडितसँग ‘शारीरिक सम्पर्क नगरेको’ वा उनका ‘संवेदनशील अंगहरू नछोएको’ तथ्यलाई ध्यान दिँदै जरिवानाको दण्ड दिएका हुन्। अदालतले युवकलाई ५ हजार हङकङ डलर जरिवाना गरेएको हो।

प्रतिवादी पक्षले चाङ अपराधको समयमा ठूलो दबाबमा रहेको तर्कसहित जेल सजायले उनलाई ठूलो धक्का दिने भन्दै जरिवाना माग गरेको थियो। न्यायाधीश होले चाङको अपराध तनाव र भावनात्मक व्यवस्थापनसँग सम्बन्धित भएको स्वीकारसहित सजायलाई जरिवानामा सीमित गरेको साउथ चाइना मर्निङ पोस्टमा उल्लेख छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट