बेंगलुरुमा बीभत्स हत्या गरिएकी महालक्ष्मी त्रिकोणात्मक प्रेम सम्वन्धका कारण मारिएको आशंका

काठमाण्डौं– भारतको बेंगलुरुमा बीभत्स हत्या गरिएकी २९ वर्षीया महालक्ष्मी दास त्रिकोणात्मक प्रेम सम्वन्धका कारण मारिएको प्रहरीले आशंका गरेको छ। श्रीमान हेमन्तसँग महालक्ष्मी छुट्टिनु परेको कारण पनि यही असहज प्रेम सम्वन्ध रहेको खुलेको छ।

महालक्ष्मीका आमा र बहिनीले बताए अनुसार सन् २०१९ सम्म उनीहरुको पूरै परिवार नेपालमै थियो। २०१९ मा महालक्ष्मीको विवाह हेमन्त दाससँग भएपछि उनीहरु रोजगारीका लागि बेंगलुरु पुगेका थिए। हेमन्त मोबाइल पसलमा काम गर्थे भने महालक्ष्मी प्रख्यात् मलको सौन्दर्य पसलमा सेल्सवुमन टिम लिडरको काम गर्थिन।

उनीहरू बैंगलोरको नीला मंगला क्षेत्रमा भाडाको घरमा बस्थे। केही समयपछि उनीहरुकी छोरी जन्मिएकी थिईन। तर, यसपछि हेमन्त र महालमक्ष्मीकोबीचमा खटपट सुरु भयो। उत्तराखण्डमा हेयर ड्रेसरको काम गर्ने अशरफ र महालक्ष्मी प्रेम सम्वन्धमा रहेको हेमन्तले थाहा पाए।

यस विषयमा हेमन्त र महालक्ष्मीबीच धेरै पटक झगडा पनि भएको खुलेको छ। झगडा बढ्दै गएपछि करिब ९ महिनाअघि महालक्ष्मी पति हेमन्तसँग अलग बस्न थालेकी थिइन्। छोरी हेमन्तसँगै वस्थिन।

हेमन्तसँग अलग भएपछि करिव ४ महिना महालक्ष्मी आमा र बहिनीसँग बसिन। त्यसपछि उनी बेंगलुरुको व्यालीकवल क्षेत्रमा पर्ने ६ क्रस पाइपलाइन रोडस्थित तीनतले भवनमा कोठा भाडा लिएर एक्लै बस्न थालेकी थिईन। सोही कोठाको फ्रिजभित्र महालक्ष्मीको शव ३० देखि ४० टुक्रामा भेटिएको थियो। भुइँमा समेत शवका टुक्रा छरिएका थिए।

घरमा भाडामा बस्ने अन्यले महालक्ष्मीको बन्द कोठाबाट खपिनसक्नुको दुर्गन्ध आउन थालेपछि २० सेप्टेम्बरमा घरमालिक जयरामलाई खबर गरे। कोठाभाडा सम्झौता गर्दा महालक्ष्मीले आकस्मिक सम्पर्कका लागि बेंगलुरुमा बस्ने आमा र बहिनीको फोन नम्बर दिएकी थिइन्।

घरधनीले महालक्ष्मीकी आमालाई फोन गरेर कोठामा बोलाए। महालक्ष्मीले १९ दिनदेखि आमासँग पनि कुरा नगरेको खुलेको छ। आमासँग भएको एउटा चाबीले कोठा खोलेर हेर्दा महालक्ष्मीको शव टुक्रा–टुक्रामा भेटियो। प्रहरीले महालक्ष्मीको ओछ्यानमा मोबाइल फेला पारेको थियो। मोबाइलको सीडीआर (कल डिटेल रेकर्ड) जाँच गर्दा अन्तिम कल २ सेप्टेम्बरमा भएको पाइयो। त्यसयता उक्त मोबाइलबाट कुनै नम्बरमा फोन गएको वा आएको थिएन।

यसबाट बेंगलुरु प्रहरीले महालक्ष्मीको हत्या सेप्टेम्बर २ र ३ को बीचमा भएको अनुमान गरेको छ। तर, हत्या कस्ले र किन गर्यो भन्ने खुलेको छैन।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट