अमेरिकामा पनि घेरावन्दीमा परे प्रधानमन्त्री ओली, नेपालीलाई सम्वोधन गर्ने कार्यक्रम स्थगित

काठमाण्डौं– प्रधानमन्त्री केपी शर्मा ओली स्वदेशमा मात्र नभएर विदेशमा समेत घेरावन्दीमा पर्न थालेका छन्। हाल अमेरिकामा रहेका ओलीको त्यहाँ पनि विरोध हुने तयारी भएपछि नेपाली समुदायलाई सम्वोधन गर्ने कार्यक्रम नै रद्द गर्नु परेको छ।

न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा संयक्त राष्ट्र संघको महासभा, समिट अफ फ्युचर तथा अन्य साइडलाइन मिटिङहरुमा व्यस्त रहनु परेको पनि बताइएको छ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा छन्। यता सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने तयारी र मेडिकल ब्यसायी दुर्गा प्रसाई पक्राउ प्रकरणले देशैभर तरंग उत्पन्न गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट