भारतको बेंगलुरुमा नेपाली महिलाको विभत्स हत्या, ३० टुक्रा पारेर फ्रिजमा राखिएको थियो शव

काठमाण्डौं– भारतको बेंगलुरुस्थित मल्लेश्वरम क्षेत्रमा एकजना नेपाली महिलाको विभत्स हत्या गरी शवलाई ३० टुक्रा पारेर फ्रिजमा राखेको अवस्थामा फेला पारिएको छ।

पश्चिमाञ्चल डिभिजनका एसपी सतीश कुमारका अनुसार बेंगलुरुका सपिङ मलमा काम गर्दै आएकी २९ वर्षीया महालक्ष्मी दासको व्यालिकभल क्षेत्रस्थित फ्ल्याटको फ्रीजमा शवका अनेक टुक्रा भेटिएका हुन्। उनको परिवार भने अन्तै बस्दै आएको थियो।

महालक्ष्मीको सेप्टेम्बर १२ मा हत्या भएको प्रहरीले जनाएको छ। व्यालिकभलको पाइपलाइन रोडस्थित भवनको पहिलो तलामा कोठा लिएर ५ महिनादेखि बस्दै आएकी उनीसँग उनका दाजु पनि बस्थे। दाजुको बारेमा थप जानकारी खुलेको छैन। उनी डिभोर्सी हुन।

उनका पति सहरबाट टाढाको आश्रममा काम गर्थे। घटनाको जानकारी पाएपछि उनी पनि घटनास्थल पुगेका थिए। दम्पतीका एक छोरी छन्। जो आफ्नो बुबासँग बस्दै आएको खुलेको छ।

फ्ल्याटबाट दुर्गन्ध फैलिन थालेपछि घरधनी जयरामले शनिबार दिउँसो प्रहरीलाई खबर गरेका थिए भने महिलाका परिवारलाई पनि बोलाएका थिए। घरधनीले फोन गरेपछि महालक्ष्मीकी आमा र बहिनी कोठामा पुगेका थिए। फ्ल्याट अगाडिको ढोका बन्द थियो। ढोका फोडेर पस्दा फ्रीजबाट दुर्गन्ध आईरहेको थियो भने किरा वाहिरै निस्किरहेका थिए।

फ्रीज खोलेर हेर्दा शवका टुक्रा फेला परेका थिए। प्रहरीले शवका टुक्रा उठाएर पोस्टमार्टमका लागि अस्पताल पठाएको छ। महालक्ष्मीको मोबाइल सेप्टेम्बर १२ देखि बन्द थियो। उनको परिचितबाटै हत्या भएको आशंका प्रहरीले गरेको छ।

प्रहरीका अनुसार घरका भएका कुनै सामान हराएका छैन। चोरीको उद्धेश्यबाट उनको हत्या नभएको एसपी सतीशकुमारले बताएका छन्। प्रत्यक्षदर्शी र छिमेकीका अनुसार महालक्ष्मीलाई हरेक बिहान एकजना मानिसले लगेर बेलुका ल्याइदिने गरेका थिए।

स्रोतका अनुसार उनलाई एकजना डेलिभरी ब्वाईले प्रेम प्रस्ताव पनि राखेका थिए। तर, यसको स्वतन्त्र पुष्टि भएको छैन। उनी अर्कै युवकसँग प्रेममा रहेकाले परिवारले पनि महालक्ष्मीलाई त्यागेको खुलेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट